अहिले विद्यालय बन्द गर्दैनौँ : सरोकारवाला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अहिले विद्यालय बन्द गर्दैनौँ : सरोकारवाला


प्रशासन संवाददाता

३० चैत्र २०७७, सोमबार


काठमाडौँ। कोरोना भाइरसको त्रासका कारण विद्यालय बन्द गर्ने नगर्नेबारे आज शिक्षा मन्त्रालयमा छलफलमा सरोकारवालाहरूले अहिले विद्यालय बन्द गर्न नहुने धारणा राखेका छन् । आज शिक्षा मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् ।

शिक्षा मन्त्रालयले आज बिहान छलफलका लागि प्याब्सन, ऐन प्याब्सन, अभिभावक सङ्घ, स्थानीय तहका प्रतिनिधिलाई छलफलमा बोलाएको थियो ।

सहभागी सबैजसोले अहिले विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको बताएका थिए ।

छलफलमा सहभागी सरोकारवालाहरूले अहिले नै विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेको तथा अवस्था थप जटिल बन्दै गएमा बन्द नै गर्नुपर्ने भए कक्षा पाँच सम्म मात्रै बन्द गर्न सकिने धारणा राखेका थिए ।

स्वास्थ्य मन्त्रालयले भने ठुला सहरमा रहेका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनका लागि सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस