कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्षको निधन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्षको निधन


३० चैत्र २०७७, सोमबार


काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ।

मस्तिष्कघात भई वयोधा अस्पतालमा उपचाररत मालीको निधन भएको हो ।

वडाध्यक्ष मालीको निधन भएको कीर्तिपुर नगरपालिकास्रोतले जानकारी दिएको छ । मालीको शव श्रद्धाञ्जलीका लागि अहिले कीर्तिपुर नगरपालिका कार्यालयको भवन अगाडि राखिएको छ।

नेकपा एमालेबाट गत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका मालीले वडाध्यक्षमा जितेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस