सरकार बनाउने कुरा सहमतिबाटै : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकार बनाउने कुरा सहमतिबाटै : अध्यक्ष प्रचण्ड


३० चैत्र २०७७, सोमबार


चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतवार पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताए।

संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने, ‘जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।’

प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए । उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिए । उनले भने, ‘कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस