नागार्जुन जंगलमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खसाल्ने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नागार्जुन जंगलमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खसाल्ने तयारी


२९ चैत्र २०७७, आइतबार


काठमाडौँ । काठमाडौँको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा आगलागी भएको छ ।

आज दिँउसो डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको महाराजगञ्‍जका डीएसपी रोशन खड्काले बताए ।

दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी भैरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस