काँग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै


२९ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे पार्टी सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

पार्टीको १४ औँ महाधिवेशनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् ।

सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाइएको छ । काँग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।

अहिले देशभरका जिल्लाहरूमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ । काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य बनाउँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस