दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो थियो : प्रवक्ता शर्मा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो थियो : प्रवक्ता शर्मा


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो रहेको टिप्पणी गरेका छन् ।

काठमाडौँमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उनले एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदोको जस्तो रहेको बताएका हुन् । उनले कोदो र तोरीले भिन्नाभिन्नै विशेषता बोकेको भए पनि एकै ठाउँमा राखेर पेल्दा तेल नभई पिनामात्रै निस्कने भएकाले ३ वर्षको अवधिमा सिंहदरबारबाट पिनामात्रै निस्किएको टिप्पणी गरे ।

उनले भने, ‘दुई वटैले मुठ्ठी बटारेका छन् । दुई वटैले लालसलाम भनेका छन् । उस्तै उस्तै लाग्यो । उहाँहरुले एकता गर्नुभयो । त्यो तोरी र कोदोको एकता जस्तो थियो । एउटा समयमा पुगेपछि यसरी नै टुंगिनु थियो । तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्यो भने तेल निस्कँदैन । पिना मात्रै निस्कन्छ । ३ वर्षमा सिंहदरबारबाट त्यही पिनामात्रै निस्किएको छ ओलीजीको शासनबाट ।’

सरकारका मन्त्रीले पनि मौरी र झिंगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्न कर्मचारीहरुलाई सुझाव दिए । उनले भने, ‘उहाँका मन्त्रीजीले पनि मौरी र झिंगाको भेद देख्नुभएन । म तपाईंहरुलाई आग्रह गर्दछु । चित्त दुखाएर बस्ने काम छैन । बरु जसको दृष्टिदोष छ, तिनलाई बदल्ने छौं र मौरी भएर यो मुलुकको निर्माण गर्नलाई कर्मचारीतन्त्रले काम गर्नेछौं भनेर संकल्प लिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस