२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से झिनो अंकले बढ्यो

अ+ अ-

काठमाडौँ । साताको दोस्रो दिन (आज) सोमबार सेयर बजार नेप्से परिसूचकमा झिनो अंकको सुधार भएको छ । लगातार बढ्ने क्रममा सोमबार १.१३ अंक अर्थातः ०.०४ प्रतिशतको वृद्धि भएको छ । यद्यपि आइतबारको तुलनामा कारोबार रकममा भने सोमबार केही गिरावट आएको देखिएको छ । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेर रोकिएको नेप्से सोमबार २६५८.७८ विन्दुमा पुगेको हो ।

सोमबार बैंक, विकास बैंक, वित्त, निर्जीवन बीमा, जीवन बीमा र लगानी समूहका लगानीकर्ताले गुमाएका छन् । व्यापार, होटेल र पर्यटन, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, अन्य र म्यूचअल फण्डका लगानीकर्ताले भने सोमबार कमाएका छन् ।

सोमबार चार वटा कम्पनीको सर्किट लेवलमा कारोबार भएको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, राधी विद्युत् कम्पनी, वामी माइक्रोफाइनान्स वित्तीय संस्था र सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको मूल्यमा नौ प्रतिशत भन्दा वृद्धि भएको छ । सोमबार गुर्खाज फाइनान्स, श्री इन्भेष्मेन्ट फाइनान्स कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

सोमबार कुल ७ अर्ब २९ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । आज कुल २१२ कम्पनीका ७३ हजार ५ सय ९८ कारोबारबाट १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच भएको छ । सोमबार अपर तामाकोशी, आईएमई जनरल इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन जनरल इन्स्योरेन्स र नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस