वैशाख १ देखि गृह मन्त्रालय पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वैशाख १ देखि गृह मन्त्रालय पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौं। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्ने भएको छ। गृहमन्त्रालय सर्न लागेको भवनको शुक्रबार (आज) गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निरीक्षण गरेका छन् ।

वि.स २०७२ वैशाख १२ भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालिन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।

डेढ महिना अघिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय यसै भवनमा रहेको थियो । सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय सोही भवनमा सरेको हो ।

प्रधानमन्त्री कार्यालय सरेपछि खाली हुन पुगेको भवनमा गृह मन्त्रालय सर्दै छ । हाल गृहमन्त्रालय रहेको केही भवन पुनर्निर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ बनाउने तयारी पनि रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस