२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं ‘

अ+ अ-

काठमाडौँ । एमाले नेता माधवकुमार नेपालले आफू एकताकै पक्षमा रहेको बताएका छन् ।

मंगलबार नेपाल पक्षको आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पार्टी विभाजन गर्ने पक्षमा रहे पनि आफू एकताकै पक्षमा रहेको बताए ।

‘हामी मैदान छोडेर भाग्नेवाला छैनौं, पार्टी फुटाउने छैनौं । पार्टी फुटाउने केपी ओली हुन् । पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं । हामी एकताको पक्षमा छौं,’ नेपाले भने ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको पनि बताएका छन् ।

पर्टीकै एक नेताले ओलीसँग मिल्न उनले जे–जे भन्नछन् सहेर बस्न सुझाव दिएको प्रसंग निकाल्दै नेपालले भने, ‘के त्यहि बाटोमा हामी जाने हो ? घुँडा टेक्ने बाटोमा हामी जाने हो ? आत्मसमर्पण गर्ने बाटोमा जाने हो ? कि केपी ओलीको टाङमुनी छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मञ्जुर छैन । त्यसकारण केपी ओलीको कथित स्पष्टिकरणबाट हामी तर्सिएका छैनौं । हामी आतंकित भएका छैनौं ।’

ओली पक्षले सोधेको स्पष्टिकरणले आफूहरु मैदान छाडेर नभाग्ने र पार्टी पनि नफुटाउने उनले बताए । ‘एक जनाले भन्नु भयो, कमरेड मञ्चमा बस्दा अनुहार अलि उज्यालो बनाउनुस् न, मुसुक्क हाँस्ने गर्नुस् न । हाँस्ने प्रयत्न गर्दै थिए । यस्तो नपरोस् कि हामी तर्सेका छौं केपी ओलीको कथित स्पष्टिकरणबाट तर्सेका छैनौं ।’

ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने गरेको नेपालको भनाइ छ । अहिले ओलीसँगको लडाइँ पदका लागि नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस