शहीद घोषणादेखि बिद्युत महसुल छुट दिने मन्त्रिपरिषद् बैठकको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शहीद घोषणादेखि बिद्युत महसुल छुट दिने मन्त्रिपरिषद् बैठकको निर्णय


८ चैत्र २०७७, आइतबार


काठमाडौ । सरकारले तत्कालिन पञ्चयती शासन व्यवस्था विरोधी आन्दोलनमा सरकारपक्षबाट हत्या भएका दुइ जनालाई सहीद घोषणा गरेको छ ।

तीन दिन अघि चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । झापा विर्तामोड ९ का चन्द्र डाँगी र सोही जिल्लाकै बुद्धशान्ति गाउँपालिका १ का रामप्रसाद प्रधानलाई सरकारले सहीद घोषणा गरेको छ।

यस्तै फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले होटल तथा रेष्टुरेन्टलाई कोभिड–१९ को बन्दाबन्दीको ६ महिनाको समयको शत प्रतिशत र त्यसपछिको चार महिनाको डिमाण्ड शुल्कको ५० प्रतिशत छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस