सृष्टि भाषा संस्कृत र यसको वैशिष्ठ्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सृष्टि भाषा संस्कृत र यसको वैशिष्ठ्य


७ चैत्र २०७७, शनिबार


संस्कृत केवल भाषा होइन । यो संस्कृति, विज्ञान, जीवनचर्या, कला र अन्य भाषाको प्राण समेत हो । सर विलियम जोन्सका अनुसार संस्कृत भाषाको अद्भुत संरचना छ, यो ग्रीक भाषा भन्दा अधिक परिपूर्ण, लैटिन भाषा भन्दा अधिक समृद्ध र यी दुई भाषाको अपेक्षा अधिक शुद्ध र मनोहर छ ।

संस्कृत भाषा विश्वको सबभन्दा पुरानो भाषा हो । साथै संस्कृत भाषा विश्वका अधिकांश भाषाको आदि भाषाको रूपमा रहेको छ । संस्कृत भाषाको भारत वर्षको संस्कृतिमा ठुलो महत्त्व र प्रभाव छ । संस्कृत भाषालाई ब्रह्म भाषा वा देव भाषाको रूपमा पनि लिइन्छ ।

संस्कृत संसारको प्राचीनतम भाषा मात्र नभएर, ज्ञान( विज्ञान र अनुसन्धानको अक्षय श्रोत हो । जुन विपुल ज्ञान भण्डार संस्कृतमा रहेको छ त्यसलाई देश र विश्वको प्रगति र मानवताको कल्याणको अभिवृद्धिमा उपयोग गर्नकालागि यसको विशेष अनुसन्धान र अध्यापनको व्यवस्था अपरिहार्य छ ।

संस्कृत भाषा पूर्णतः परिष्कृत, परिशुद्ध एवं व्याकरण आदि दोषबाट रहित छ । यसको प्राचीन ऋषि, मुनि एवं आचार्यहरूबाट निरन्तर परिष्कार, परिमार्जन र अपशब्द आदि दोष निवारण गरिएको छ । परिष्कृत, परिमार्जित नै संस्कृत हुन्छ । यसै कारण संस्कृत भाषालाई देवभाषा, देववाणी, गीर्वाणवाणी आदिले सम्बोधन गरिन्छ ।

संस्कृत भाषाको वैज्ञानिकता:
ब्रह्माण्डमा सर्वत्र गति छ । गति हुनाले ध्वनि प्रकट हुन्छ । ध्वनिबाट शब्द परिलक्षित हुन्छ र शब्दबाट भाषाको निर्माण हुन्छ । ब्रह्माण्डलाई गतिमय बनाउने काम सूर्यबाट भएको छ । सूर्यको एक दिशाबाट ९ रश्मि निक्लिंछन र सूर्यको चारै तर्फबाट ९ भिन्न भिन्न रश्मि निक्लिदा कुल ३६ रश्मिको ध्वनिले संस्कृतका ३६ स्वर बनेका छन् र यी ३६ रश्मि पृथ्वीका आठ वसु सँगको टकराबबाट ७२ प्रकारका ध्वनि उत्पन्न हुन्छन् । जसबाट संस्कृतका ७२ व्यञ्जन बनेका छन् । यस प्रकार ब्रह्माण्डबाट निक्लिने कुल १०८ ध्वनिमा संस्कृतको वर्णमाला आधारित छ । ब्रह्माण्डका यिनै ध्वनिको रहस्य ज्ञान वेदबाट मिल्दछ । यी ध्वनिलाई नासाले पनि स्वीकार गरेको छ, जसले यो स्पष्ट गर्दछ कि प्राचीन ऋषि मुनिको ती ध्वनिको ज्ञान थियो र तिनै ध्वनिमा आधारित रहेर उनीहरूले पूर्ण शुद्ध भाषाको अभिव्यक्त गरे । अतःप्राचीनतम आर्य भाषा जो ब्रह्माण्डीय सङ्गीत थियो, त्यसको नाम “संस्कृत” रह्यो । संस्कृत – संस् + कृत् अर्थात् श्वासबाट निर्मित अथवा श्वासबाट बनेको एवं स्वयंबाट कृत, जो ऋषिहरूको ध्यान र परस्पर-सम्पर्कबाट से अभिव्यक्त हुँदै गयो ।

नासाको सुपर कम्प्युटरमा सफ्टवेयर प्रोग्रामिंगको भाषा अङ्ग्रेजी नभएर देवभाषा संस्कृत प्रयोगमा छ । संस्कृत दुनियाँको सबभन्दा पुरानो भाषा हुनुको साथै सबभन्दा धेरै लगभग १०२ अरब ७८ करोड ५० लाख शब्द छन्, जबकि अङ्ग्रेजीमा लगभग २ लाख ५० हजार शब्द छन्, जसमध्ये १३००० शब्द मात्र अङ्ग्रेजीका मूल शब्दको रूपमा रहेका छन् भने बाँकी ल्याटिन, फ्रेन्च र मिश्र सभ्यताका पुराना शब्दबाट बनेका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार संसारका ९७% भाषा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संस्कृत भाषाबाट प्रभावित छन् । अन्य भाषाको तुलनामा यसको वाक्य कम शब्दमा पूरा गर्न सकिन्छ, साथै वाक्यमा शब्द जुन क्रममा लेखे पनि अर्थ बदलिँदैन । फोर्ब्स मैगजीनले संस्कृत भाषालाई जुलाई १९८७ मा विज्ञान र कम्प्युटर सफ्टवेयरको भाषा भनेको छ, साथै नासाले यसलाई दुनियाँमा बोलिने भाषाहरूमा सर्वाधिक स्पष्ट भाषा भनेर भनेको छ ।

अद्भूत र वैज्ञानिक संस्कृत भाषा:
कुनैपनि भाषामा वर्णमालाका अक्षरहरुको नियमित क्रममा वाक्य संयोजन हुन सक्दैन, तर संस्कृत मात्र यस्तो जीवन्त र अद्भुत भाषा छ, जसका सबै व्यन्जनहरु एकसाथ र नियमित क्रममा पद्य श्लोक बनाउन सक्षम छन । धरेश्वर भोजदेवबाट लिखित “सरस्वतीकण्ठाभरणम्” काव्यमालाको प्रस्तुत श्लोक भाषा जगतकै अनुपम उदाहरणको रुपमा लिन सकिन्छ ।

क: खगीघाङ्चिच्छौजा झाञ्ज्ञोSटौठीडडण्ढण:।
तथोदधीन् पफर्बाभीर्मयोSरिल्वाशिषां सह।। (२६३)

यस श्लोकको नेपाली अर्थ:
पंक्षीहरुको प्रेमी, शुद्ध बुद्धि, दोश्रोको बल अपहरण गर्नमा पारंगत, शत्रु संहारकमा अग्रणी, मनमा निश्चल तथा निडर र महासागरको सिर्जनाकर्ता कुन ? राजा मय, जसलाई शत्रुहरुको पनि आशीर्वाद प्राप्त छ ।
संस्कृत वर्णमालाका सबै ३३ व्यंजनहरु यस पद्यमा आउँछन, साथै तिनको क्रमपनि योग्य छ ।

“अंग्रेजीमा” ‘THE QUICK BROWN FOX JUMPS OVER A LAZY DOG’ एक प्रसिद्ध वाक्य छ ।
अंग्रेजी वर्णमालाका सबै अक्षर यसमा समाहित छन ।

तर यसमा केही कमिहरु छन :-
– अंग्रेजी अक्षर २६ छन र यहां जबर्जस्त ३३ अक्षरहरुको उपयोग गर्नुपरेको छ । चार O प्रयुक्त छन र A, E, U तथा R दुई दुई छन।
– अक्षरहरुको ABCD… स्थापित क्रममा पनि राख्न सम्भव देखिएको छैन । सबै अस्तव्यस्त छन ।

एक अक्षरको अद्भूत अर्थ विस्तार:
जगद्गुरु रामभद्राचार्यले “श्रीभार्गवराघवीयम्” महाकाव्यको बीसौं सर्गमा तीन एकाक्षरी श्लोकहरु (२०.९२–२०.९४) को रचना गरेका छन्, जसमा मात्र एक व्यन्जनको प्रयोग गरिएको छ ।
कः कौ के केककेकाकः काककाकाककः ककः।
काकः काकः ककः काकः कुकाकः काककः कुकः ॥ (२०.९२)

परब्रह्म (श्री राम) पृथ्वी र साकेतलोक दुवै स्थानमा सुशोभित छन । उनीबाट सम्पूर्ण ब्रह्माण्डमा आनन्द निःसृत हुन्छ । उनी मयूरको केकी एवं कागको काँव-काँवमा आनन्द र हर्षको अनुभूति गर्दछन । उनबाट समस्त लोकका लागि सुखको प्रादुर्भाव हुन्छ । उनका लागि वनवासको दुःख पनि सुखद हुन्छ । उनको काग प्रशंसनीय छ,जसबाट ब्रह्मालाई पनि परमानन्दको प्राप्ति हुन्छ । जो आफ्नो भक्तलाई पुकारछ, जसबाट कूका अथवा सीतालाई पनि आमोद प्राप्त हुन्छ । उ आफ्नो कागलाई पुकार्दछ र त्यसबाट सांसारिक फल एवं मुक्तिको आनन्द प्रकट हुन्छ ।

काककाक ककाकाक कुकाकाक ककाक क ।
कुककाकाक काकाक कौकाकाक कुकाकक ॥ (२०.९३)

हे मेरा एकमात्र प्रभु ! तपाई जुन कागको शीरमा दुःख रूपी दण्ड प्रदान गर्नुभयो; तपाई जोबाट समस्त प्राणिमाआनन्द निर्झरित हुन्छ; कृपया बस्नुहोस, कृपया बस्नुहोस । हे एकमात्र प्रभु! जोबाट सीता प्रमुदित हुनुहुन्छ; कृपया बस्नुहोस । हे मेरा एकमात्र स्वामी! जोबाट ब्रह्माण्डमा सुख हुन्छ; कृपया आउनुहोस । हे भगवान ! हे एकमात्र प्रभु ! जो नश्वर संसारमा आनन्द खोजिरहेका व्यक्तिलाई स्वयं आफूतिर आउन आमंत्रण दिनुहुन्छ; कृपया आउनुहोस, कृपया बस्नुहोस । हे मेरा एकमात्र नाथ ! जोबाट ब्रह्मा एवं विष्णु दुवैलाई आनन्द हुन्छ; कृपया आउनुहोस । हे भगवान ! जोबाटै भूलोकमा सुख छ; कृपया बस्नुहोस, हे एकमात्र प्रभु ! जो रक्षाको लागि दुष्ट कागद्वारा पुकारिनुहुन्छ; कृपया बस्नुहोस ।

लोलालालीललालोल लीलालालाललालल ।
लेलेलेल ललालील लाल लोलील लालल ॥ (२०.९४)

हे एकमात्र प्रभु! जो आफ्नो छल्लेदार केशको पंक्तिका साथ क्रीड़ारत हुनुहुन्छ; जो कदापि परिवर्तित हुनुहुदैन; जसको मुख लीलामा श्लेष्माबाट परिपूर्ण हुन्छ; जो क्रीड़ामा पृथ्वीको सम्पत्ति (सीता) लाई स्वीकार गर्नुहुन्छ; जो मर्त्यजनको विविध सांसारिक कामनाको नाश गर्नुहुन्छ, हे बालकरूप राम ! जो प्राणिको चंचल प्रकृतिको स्वभावको विनष्ट गर्नुहुन्छ; तपाई सदैव मेरो मानसमा आनन्द प्रदान गर्नुहोस ।

महाकवि माघ एवं शिशुपालवधम् को वैशिष्ट्यको रुपमा के गद्य वा पद्यमा एक अक्षरबाट पुरा वाक्य बनाउन सकिन्छ ? प्रश्नको जवाफ भेटाउन सकिन्छ ।

” दाददो दुद्ददुद्दादी दादादो दूददीददोः।
दुद्दादं दददे दुद्दे ददाददददोऽददः॥ ”

दादद (दान दिने), दुष्टलाई उपताप दिने, दादाद (शुद्धि दिने) परिताप दिने दुष्टको नाशक बाहु वाला र दाता तथा अदाता दुवैलाई दिने श्रीकृष्ण भगवानले दुद्द (दुःखदायी-शत्रु) माथि दुःखदायी बाण दिनुभयो (शत्रुनाशक बाण चलाउनुभयो)।
महाकवि भारविद्वारा लिखित “किरातार्जुनीयम्” महाकाव्यबाट उद्धृत निम्नलिखित एकाक्षरी पंक्तिमा चित्रालंकार एवं काव्यसौन्दर्य अनुपम छ :

न नोननुन्नो नुन्नोनो नाना नाना नना ननु।
नुन्नोSनुन्नो ननुन्नेनो नानेना नन्नुनन्नुनुत्।।

जो मनुष्य युद्धमा आफूभन्दा दुर्बल मनुष्यको हातबाट घायल हुन्छ उ सच्चा मनुष्य हैन । त्यस्तै जसले आफूभन्दा दुर्बललाई घायल बनाउँछ, त्यो पनि मानव हैन । घायल मनुष्यको स्वामी यदि घायल छैन भने त्यस्तो मनुष्यलाई घायल मानिदैन र घायल मनुष्यलाई घायल गर्नेपनि मानव कहलाउदैन ।

मामुमे मा ममेमम्मा मा मामोमा ममाममूम्।
मिमे मेSमाम मोम्मामा मोमोम्मा मम मामुमे।।

–साम्बसम्भवम् महाकाव्यम्
हे भगवति! मलाई र मेरो पति देवलाई कालबाट मापन नगर्नु । अर्थात हामी दुवैलाई अमर बनाउनु, हे माता ! मलाई, मेरा पति र मेरा पतिको मेरी सपत्नी (सौता) लाई कहिल्यै पनि शब्दले नानाप्नु । म सदा आफ्ना पतिको गुणगान गरिरहूँ । मेरा पतिलाई अमर गरिदिनु, हामीलाई कहिल्यै कालको झोलामा नहाल्नु ।

कवि माघले शिशुपालवधम् महाकाव्यमा केवल दुई अक्षरमा (“र” र “भ”) मा एक श्लोक रचना गरेका छन :

भूरिभिर्भारिभिर्भीभीराभूभारैरभिरेभिरे।
भेरीरेभिभिरभ्राभैरूभीरूभिरिभैरिभा:।।

धरा/धर्तिमा पनि भार पार्ने वजनदार, वाद्य यंत्र जस्तो अवाज निकालनेवाला र मेघ जस्तै कालो निडर हाथीले आफ्नो दुश्मन हाथी माथि हमला गर्यो ।

जो व्यक्ति संस्कृत भाषाको वैज्ञानिकताको प्रमाण माग्दछन तिनका लागि संस्कृतमा प्रमाणको खानीनै छ ।

संस्कृत भाषाको उदेश्य अरु कुनै भाषालाई नीच देखाउनु हुदैन, तर स्वयममा यसका विशेषताबाटनै संस्कृत आफैमा अद्भूत, विशिष्ट, विज्ञानसम्मत र उन्नत छ ।

संस्कृतको सुन्दरता:
दयाज्ञान सूर्यपण्डितबाट १४ औं शताब्दीमा रचित श्रीराम एवं कृष्णको जीवनको कहानी दर्शाउने शास्त्र श्लोक संस्कृत साहित्यको अद्भूत उदाहरणको रुपमा रहेको छ ।

तं भूसुतामुक्तिमुदारहासं वंदे यतो भव्यभवं दयाश्री:।
श्रीयादवं भव्यभतोयदेवं संहारदामुक्तिमुतासुभूतम्।।

जब प्रथम पंक्ति पढिन्छ, दोश्रो पंक्ति बिल्कुल पहिलो पंक्तिको उल्टो छ ।

तर आश्चर्यको विषय यो छ कि जब प्रथम पंक्ति पढिन्छ यो भगवान श्री रामको जीवनको कहानी उल्लेख गर्दछ र जब दोश्रो पंक्ति पढिन्छ त्यो श्री कृष्णको जीवनको कहानी संग सम्बन्धित छ ।

माथिको पंक्तिको नेपालीमा अर्थ:
प्रथम पंक्ति: म सीतालाई छुटाउनको लागि उहाँलाई प्रणाम गर्दछु, जसको हाँसो गहिरो छ, जसको अवतार भव्य छ, र जसको प्रत्येक अवस्थामा दया र भव्यता पैदा हुन्छ ।
द्वितीय पंक्ति: म ति कृष्णलाई प्रणाम गर्दछु जो कि यादववंशका वंशज हुन, जो पुत्र र चंद्रमाका स्वामी हुन, जसले ति पूतनालाई पनि मुक्त गरिदिए जो उनको जीवनको अन्त गर्न चाहन्थिन र जो ब्रह्मांड़को आत्मा हुन ।
आश्चर्यजनक छ नि ? कुनै पनि काव्य यति स्पष्ट हुन सक्छ ? व्याकरणका सबै नियम सही, सबै काव्य सही । शब्दाअंश नियम पनि परिवर्तित हुदैन जब हामी यसलाई उल्टो पढछौँ ।

संस्कृत भाषाको लोचशीलता:
संस्कृतमा कुनैपनि वाक्यमा शब्दहरुको क्रम बदलदा पनि अर्थ बदलिदैन, जबकि अन्य भाषाहरुमा अर्थको अनर्थ हुन सक्छ ।

उदाहरणको लागि नेपाली भाषाको एक वाक्य हेरौं –
‘कोठामा एउटा बच्चा छ ।’

यसलाई अंग्रेजीमा यसरी लेखिन्छ:
“There is a child in room”

जबकि संस्कृतमा केवल “कक्षे बालकः अस्ति’ लेखिन्छ ।

अब नेपालीमा वाक्यका शब्दहरुलाई उलटपुलट गर्दा:
जस्तै – ‘बच्चा मा कोठा एउटा छ’ यसबाट वाक्य विकृत बन्छ ।

अंग्रेजीमा यसलाई फरक ढंगबाट लेख्दा- Child is a room in ? (अंग्रेजी यस वाक्यको कुनै सार्थक अर्थ मिल्दैन)
तर संस्कृतमा हामी यस वाक्यलाई जुनसुकै तरिकाबाट लेख्न सकिन्छ, जस्तै:-
‘बालकः कक्षे अस्ति’
‘अस्ति कक्षे बालकः’
‘बालकः अस्ति कक्षे’
‘कक्षे अस्ति बालकः’
‘अस्ति बालकः कक्षे’,

तर जति परिवर्तन गरेपनि वाक्यको अर्थ बदलिदैन । यहाँ हामी तीनवटै शब्दहरुलाई उलटपुलट गर्ने सबै सम्भावनाहरुलाई सामेल गरी हेरिएको छ ।

यस्ता अद्वितीय गुणहरुको कारण संस्कृतलाई अनुवादको सर्वश्रेष्ठ भाषा या माध्यम मानिन्छ ।

सर्वाधिक पुरानो व्याकरणस् पाणनि रचित अष्टाध्यायी
कुनै पनि भाषाको शब्दको शुद्ध ज्ञान व्याकरण शास्त्रले गराउँदछ । पाणनि कृत अष्टाध्यायी संस्कृतको व्याकरण हो जसको रचना ईसा पूर्व ५०० मा भएको थियो, जुन दुनियाँको सर्वाधिक प्राचीन व्याकरण रहेको कुरा आधुनिक वैज्ञानिक पनि स्वीकार गरेका छन् । स्वयं पाणनिको कथनअनुसार अष्टाध्यायी भन्दा पूर्व लगभग साठी अन्य व्याकरण पनि उपलब्ध थिए ।अष्टाध्यायी विश्वको सबैभन्दा संक्षिप्त तर पूर्ण व्याकरण हो । यसमा भाषाको विश्लेषण गरेर शब्द निर्माणको मूल सिद्धान्त दर्साइएको छ । अङ्क गणितको पद्धति प्रयोग गरेर सबै शब्दको रचना सिद्धान्त संक्षिप्तमा सिक्न सक्ने गरी सूत्रबद्ध गरिएको छ ।

संस्कृतमा शब्द निर्माण पूर्णतया वैज्ञानिक र तर्क सङ्गत हुन्छ । उदाहरणका लागि सिंहः शब्द हिंसाको प्रतीक हुन्छ, यसर्थ हिंसक पशुलाई सिंहको संज्ञा दिइएको हो । यसै प्रकार संस्कृत भाषाको सम्पूर्ण विवरण स्पष्ट, संक्षिप्त तथा सरल छ ।
अन्त्यमा, संस्कृत ज्ञानको आदिम भाषा,देव भाषा, संस्कृतिको आधार भाषा, वैज्ञानिक तथा तार्किक क्षमता वर्धिका भाषा, विश्वशान्ति र विश्वकल्याणकारी भाषाका साथै अन्य अधिकांश भाषाको प्राण भाषाको रूपमा रहेको छ । भाषिक ज्ञानको कमजोर धरातल हुनेहरूले यसलाई मृत भाषाको रूपमा दोषारोपण पनि गर्दछन्, तर यो सृष्टिको आरम्भ तथा जीवनको सार्थकता बुझाउने र मानव जीवनलाई परम ब्रह्माको समीपमा पुर्‍याउने भाषा हो ।

Tags :
प्रतिक्रिया दिनुहोस