कञ्चनपुर मालपोत कार्यालयका शाखा अधिकृत घुससहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कञ्चनपुर मालपोत कार्यालयका शाखा अधिकृत घुससहित पक्राउ


५ चैत्र २०७७, बिहिबार


अख्तियार

काठमाडौँ । मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका छन् ।

मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

जग्गाको कित्ताकाटका लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा कार्यालय नजिकैको खाजा घरबाट बिहीबार दिउँसो करिब २ बजे उनलाई थप स्रोत नखुलेको ५५ हजारसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले प्रशासनलाई जानकारी दिए ।

शाखा अधिकृत जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस