कांग्रेस र जसपाबीच बूढानीलकण्ठमा छलफल जारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कांग्रेस र जसपाबीच बूढानीलकण्ठमा छलफल जारी


२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच छलफल जारी छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दुई पार्टीबीच छलफल जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। आजै जसपासँगको छलफल अगाडि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो।

यसअघि बिहीबार जसपाका नेताले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए।
संसदमा तत्कालीन एमालेका १२० सांसद मात्रै भएकाले जसपाको सहयोग लिइ सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओलीले जसपासँगको छलफल अघि बढाएका हुन्

यता माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपालेसमेत सत्ता समीकरणमा सहयात्राका लागि छलफल चलाइराखेका छन् । आज हुने कांग्रेस र जसपाको छलफललाई निर्णयक मानिएको छ ।

सिंहदरबारमा संसदीय दलको बैठक सकिएपछि जसपा नेताहरु बुढानिलकण्ठ गएका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस