जसपासँगको छलफलअघि कांग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
prasaLogo
१६ श्रावण २०७८, शनिबार
   

जसपासँगको छलफलअघि कांग्रेस पदाधिकारी बैठक बस्दै


प्रशासन संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ः०० बजे बस्ने बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन, बदलिँदो राजनीतिक सत्ता समीकरणलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले आजै जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्दैछ । सभापति देउवा निवासमा अपराह्न ४ः०० बजे कांग्रेस र जसपा नेपालका शीर्ष नेताबीच समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वोच्चले नै यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस