२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला अदालतद्वारा ९ सय मुद्दा फैसला

अ+ अ-

वाग्मती । जिल्ला अदालत मकवानपुर हेटौँडाले चालु आर्थिक वर्षको हालसम्म ८८५ मुद्दाको फैसला गरेको छ ।

अघिल्लो वर्षको जिम्मेवारी सरेका ४३१ र चालु आवको ४५४ मुद्दाको फैसला गरेको हो । एक हजार ४० मुद्दा चालु अवस्थामा रहेको सो अदालतले जनाएको छ ।

अदालतबाट प्राप्त विवरणअनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालु आवमा हालसम्म कूल एक हजार ९२५ मुद्दा दर्ता भएको बताइएको छ । अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ९१४ रहेको छ भने चालु आवमा हालसम्म एक हजार ११ मुद्दा दर्ता भएको छ ।

अठार महिनादेखि दुई वर्षसम्मका ६६ मुद्दा, एक वर्षदेखि १८ महिनासम्मका १४५ मुद्दा, छ महिनादेखि एक वर्षसम्मका ३०१ मुद्दा र छ महिनायताका ५१४ मुद्दा चालु अवस्थामा रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

उक्त अदालतको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उनले जिल्ला अदालत मकवानपुरमा दुई वर्षभन्दा बढीका चारवटा मुद्दा फैसला गर्न बाँकी रहेको र उक्त मुद्दा चालु आवमा फैसला हुने बताए। ‘विश्वव्यापीरुपमा फैलिएको कोरोना माहामारीले अदालतको फैसलामा पनि असर परेको उल्लेख गर्दे कारोना माहामारी नभएको भए पुराना मुद्दा फैसला भइसकेको हुन्थ्यो’, उनले भने।

‘एक मिसन एक भिजन, एक वर्षभित्र न्याय सम्पादन’ भन्ने नाराका साथ अदालतले काम गरिरहेको जानकारी दिँदै सो अदालतका नायबसुब्बा पुरुषोत्तम गुरागाईँले पञ्चवर्षीय रणनीति तयार गरी सोहीअनुसार काम भइरहेको बताए ।

चालु आवमा एक हजार ६१९ नयाँ मुद्दा दर्ता हुने लक्ष्य लिएको अदालतले जिम्मेवारी सरेकासहित चालु आवमा एक हजार ७२४ मुद्दा फछ्र्योट गरिसक्ने लक्ष्य लिएको गुरागाईँले जानकारी दिए । साथै जिल्ला अदालत मकवानपुरले कोरोना महामारीको समयमा इजलासलाई सहज सञ्चालनका लागि सहयोग गर्नेलाई सम्मानसमेत गरेको जनाइएको छ । सो अतालतको नयाँ भवन पनि निर्माण भइरहेको छ । उक्त भवन निर्माण भएपछि काम गर्न थप सहज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस