दाहाल नेकपा संसदीय दलको नेता चयन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दाहाल नेकपा संसदीय दलको नेता चयन


२१ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।

आज (शुक्रबार) सिंहदरबारमा ज्येष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो ।

बैठकअघि दाहाल-नेपाल समुहले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर संकलन गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको नेकपा दाहाल-नेपाल समुहको दाबी छ । आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको छ सांसद् सोमप्रसाद पाण्डेले दाबी गरे ।

आजको दाहाल-नेपाल समूहको दलको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको छ । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको दाहाल-नेपाल समूहले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको छ ।

दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्वपूर्ण रहेको छ । उता केपी ओली पक्षले आफूहरुसँग एक सय बढी सांसदहरु रहेको दाबी गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् ।

नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस