ट्रक दुर्घटना हुँदा २ जना घाइते « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ट्रक दुर्घटना हुँदा २ जना घाइते


प्रशासन संवाददाता

२१ फाल्गुन २०७७, शुक्रबार


बस दुर्घटना

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका ९ खत्रीपौवामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

दुर्घटनामा धादिङ धुनिवेशी नगरपालिका ९ का अन्दाजी २१ वर्षीय समीर पौडेल र ट्रक चालक बाराको सिमरा उपमहानगरपालिकाका ४० वर्षीय हरी पौडेल रहेका छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४ ९५ नम्बरको ट्रक शुक्रबार बिहान साढे ५ बजे सडकबाट १० मिटर तल खसेको छ । घाइतेमध्ये चालकको अवस्था अलि गम्भीर रहेको छ । घाइते दुवैलाई उपचारको लागि काठमाडौं ल्याइएको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस