कञ्चनपुरको बेलौरीमा प्रहरी र तस्करबिच गोली हानाहान, एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कञ्चनपुरको बेलौरीमा प्रहरी र तस्करबिच गोली हानाहान, एकको मृत्यु


२० फाल्गुन २०७७, बिहिबार


कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहामा प्रहरी र तस्करबिच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको हो ।

नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्कर समूहले गोली चलाएपछि जवाफी कारबाहीमा एक भारतीय नागरिकको मृत्यु भएको र एक प्रहरी सामान्य घाइते भएको एक अधिकारीले जानकारी दिएका छन् ।

मृतक भारतीय नागरिकको सनाखत भने हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस