माधव नेपालले भने -जसपा र काङ्ग्रेससँग मिलेर सरकार बनाउन तयार छौँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माधव नेपालले भने -जसपा र काङ्ग्रेससँग मिलेर सरकार बनाउन तयार छौँ


२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । नेकपा(दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले आफूहरू जनता समाजवादी पार्टी र काङ्ग्रेससँग सहकार्य गरेर नयाँ सरकार निर्माण गर्न तयार रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफ्नो र पुष्पकमल दाहाल प्रचण्डका कारण कुनै असहज परिस्थिति नआउने बताउँदै यस्तै प्रतिगमन विरुद्धमा सबै दलहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

‘बैठक बसौँ, खुल्ला रूपमा छलफल गर्न तयार छौँ। हामी सबै विकल्पमा खुला छौँ’ नेता नेपालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस