विप्लव समूहका नेतालाई शुक्रवारदेखि छाड्न परिपत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्लव समूहका नेतालाई शुक्रवारदेखि छाड्न परिपत्र


२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न परिपत्र गरेको छ ।

सरकार र विप्लव समूहबिच ३ बुँदे सहमति भएसँगै मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न निर्देशन दिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रवारसम्म समूहका माथिल्लो तहका नेताहरूमा धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी सरकारको छ ।

अन्य मुद्दाको हकमा भने जिल्ला सरकारी वकिलसँग समन्वय र सहजीकरण गर्न समेत निर्देशन दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस