२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक उच्च अङ्कले वृद्धि

अ+ अ-

काठमाडौँ । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । अघिल्लो साता र यस साताको चार कारोवार दिनमा करेक्सन भएको नेप्सेमा भने झण्डै ९१ अङ्कको सुधार भएको हो ।

साताको अन्तिम दिन आज नेप्से ९०.६७ अङ्कले बढेर दुई हजार ५०६.६८ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.६७ अङ्कले बढेर ४५१.४६ मा पुगेको छ । कुल २०६ कम्पनीको एक करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर रु छ अर्ब पाँच करोड ८१ लाख चार हजार ३१७ मा खरिद बिक्री भयो । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ अर्ब ५३ अर्ब ७४ करोड ३६ लाख ४० हजार बराबर पुगेको छ ।

कारोवार भएका कूल १३ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ ५२.०४, व्यापार २५६.७१, होटल एण्ड टुरिजम ६४.८७, विकास बैंक ६१.९९, जलविद्युत् ९१.१९, वित्त ३१.०१, निर्जीवन बीमा ३२४.४६, उत्पादन १९०.६८, अन्य १०३.६७, लघुवित्त २०९.०६, जीवन बीमा ५७१.९५, सामूहिक लगानी कोष ०.०२ र लगानी ४.९१ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ५३ करोड २३ लाख ९० हजार ६७६ मा खरिद बिक्री भयो । यस्तै शिखर इन्स्योरेन्स रु २४ करोड ४४ लाख ९१ हजार १०७, नविल बैंक रु २० करोड १७ लाख १८ हजार ८८९, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड ८३ लाख ४९ हजार ५१६, नेपाल लाइफ इन्स्योरेन्स रु १७ करोड ९६ लाख ७६ हजार ३७२, ग्लोबल आइएमई बैंक रु १७ करोड ४४ लाख ९९ हजार २९३ र नेपाल पुनर्बीमा कम्पनीको शेयर रु १५ करोड ९७ लाख ७९ हजार ४०४ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

कारोवारका आधारमा आज सूर्योदय लघुवित्त, लिबर्टी इनर्जी र चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीले समान १०/१० प्रतिशतले कमाए । यस्तै किसान लघुवित्त ९.७९, इन्फिनिटी लघुवित्त ९.७१, हिमालयन पावर पार्टनर ९.६७, श्री इन्भेष्टमेन्ट फाइनान्स ९.४३, नेशनल हाइड्रो पावर कम्पनी ९.४०, निर्धन उत्थान लघुवित्त ९.२८ र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले ९.०४ प्रतिशतले कमाए ।

त्यस्तै एनएमबी–५० का लगानीकर्ताले सर्वाधिक ३.४५ प्रतिशतले गुमाउँदा आइसीएफसी फाइनान्स डिबेञ्चर १.७६, ग्लोबल आइएमइ समुन्नत स्किम १.४८, सोल्टी होटल १.४७, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर १.०९, नविल इक्विटी फण्ड १.०८, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ०.२९, नेपाल एसबिआई डिबेञ्चरका लगानीकर्ताले ०.२९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस