तोलामा रु एक हजारले घट्यो पहेंलो धातु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तोलामा रु एक हजारले घट्यो पहेंलो धातु


२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै रु एक हजारले ओरालो लागेको छ । तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।

त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साथै बुधबार रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस