फागुन २१ गते प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फागुन २१ गते प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने


२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई सम्बोधन गर्न लागेका हुन् ।

समारोह राष्ट्रिय सभागृहमा आयोजना हुने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन् ।

बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।

प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ । साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको छ ।

सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस