सरकार र विप्लव समूहबीच वार्ता जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकार र विप्लव समूहबीच वार्ता जारी


२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ। सरकार र विप्लव समूहबीच जारी तेस्रो चरणको वार्ता आज बिहानै सुरु भएको छ । बुधवार बिहान र बेलुकी गरी दुई चरणको वार्ता भएपछि भएको थियो ।

आजको छलफलमा राजनीतिक एजेण्डाबारे कुरा हुने बालुवाटार स्रोतले जनाएका छ । बुधवारको छलफलमा प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकार सकारात्मक रहेको बताइएको छ ।

विप्लव समूहको वार्ता टोलीलाई चाँडै मन्त्रिपरिषद्को बैठक बसेर प्रतिबन्ध फुकुवा गरिने भनिएको छ । वार्ता टोलीका सदस्यले सरकारतर्फबाट आएको प्रस्तावबारे महासचिव विप्लवसँगसमेत कुरा गरिसकेका छन् ।

सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा छन् भने विप्लव समूहबाट भूमिगत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’ वार्ता टोलीका सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस