२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्ड-माधव समूहमा लागेको भन्दै तीन कर्मचारीको जागिर चट् !

अ+ अ-

जाजरकोट । नेकपा(प्रचण्ड-माधव समूह) मा लागेको भन्दै भेरी नगरपालिकाले तीन कर्मचारीलाई बर्खास्त गरेको छ ।

नगरपालिकाले निजामती सेवा ऐनको भावना विपरीत हुने गरी नेकपा(प्रचण्ड-माधव समूह)मा लागेको प्रमाण भेटिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधिएका तीन जना कर्मचारी पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई बर्खास्त गरेको हो ।

‘तपाईँले राजनीतिमा भाग लिई सङ्घीय निजामती सेवा ऐन, २०४९ को दफा ४४ बमोजिमको भावना विपरीत हुने गरी नेकपा(प्रचण्ड-माधव समूह) निकट कर्णाली प्रदेशको प्रेश सङ्गठनको कर्णाली प्रदेश कमिटी सदस्य पदमा आबद्धता भएको सप्रमाण प्राप्त भएकोले तपाईँलाई निजामती सेवा ऐन, २०४९ को दफा ४४ बमोजिम किन कारबाही नगर्ने ?’ स्पष्टीकरण पत्रमा भनिएको छ ‘पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र नगर प्रमुख तथा यस कार्यालय समक्ष चित्त बुझ्दो स्पष्टीकरण पेस गर्नुहोला, अन्यथा कारबाही भई जाने ब्यहोरा समेत जानकारी गराइन्छ ।’

फागुन १७ गते स्पष्टीकरण सोधेको नगरपालिकाले १८ गते करार सम्झौता भङ्ग गरेको पत्र थमाएको छ । एमआईएस अपरेटर वलीलाई लेखिएको पत्रमा भनिएको छ ‘तपाई यस कार्यालयको पञ्जिकरण शाखाको एमआईएस अपरेटर पदमा कामकाज गर्ने गरी मिति २०७६/०८/०१ देखि करार नियुक्ति भएकोमा तपाईँको कार्य सन्तोषजनक नभएकोले यस कार्यालयको मिति २०७७ फागुन १८ को निर्णयानुशार १९ गतेदेखि लागू हुने गरी निर्देशन बमोजिम तपाईँको करार सम्झौता भङ्ग गरिएको छ’ । ‘तपाइको जिम्मामा रहेको जिन्सी तथा नगदी कार्यालयमा बरबुझारथ गर्नुहुनसमेत जानकारी गराइन्छ’ निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घतीद्वारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख छ ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले विज्ञप्ति जारी गरी फरक राजनीतिक आस्थाकै आधारमा कर्मचारी बर्खास्त गर्नु राम्रो काम नभएको भन्दै कारबाही फिर्ता लिएर काममा लगाउन भनेको छ ।