म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ३८ प्रदर्शनकारीको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ३८ प्रदर्शनकारीको मृत्यु


२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ। म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूमाथि सुरक्षाकर्मीले चलाएका थिए । बुधवार भएको प्रदर्शनमा मात्रै ३८ जनाले ज्यान गुमाएको बिबिसीमा उल्लेख छ ।

हालसम्म सेनाले सत्ता हातमा लिएपछि ५० प्रदर्शनकारीको मृत्यु भइसेकेको छ ।

म्यानमारको यही फेब्रुअरी १ तारिखमा सेनाले शासन सत्ता हातमा लिँदै एक वर्ष सङ्कटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरूलाई हिरासतमा लिएको छ ।

सैनिक ‘कू’को विरोधमा म्यानमारमा दैनिक ठूला प्रदर्शन भइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस