२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यूएनएफपिएद्धारा स्वास्थ्य मन्त्रालयलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष(यूएनएफपिए)ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण गरेको छ ।

यूएनएफपिएले बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेललाई ६ हजार ४८ सेट व्यक्तिगत सुरक्षा कवच(पिपिई), ५० हजार थान सर्किजल मास्क र २७ सेट अन्तर निकाय प्रजनन स्वास्थ्य सामग्री(आइएआरएच किट्स) हस्तान्तरण गरेको हो ।

उक्त सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्ने सरकारको प्रयासलाई सहयोग पुग्ने यूएनएफपिएले जनाएको छ ।

नेपाल, चीन र यूएनएफपिए बिचको विद्यमान दक्षिण-दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब तीन करोड रुपैयाँ मूल्य बराबरको पिपिई, आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरेको हो ।

प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन् जसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने यूएनएफपिएको विश्वास छ ।

स्वास्थ्य सामग्री प्राप्तपछि मन्त्रालयका प्रमुख विशेषज्ञ डा। पोखरेलले कोभिड–१९ महामारीमा संकटासन्न महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले भने “हाम्रो प्रयास कोभिड-१९ रोकथामका लागि निरन्तर छ र धेरैजसो वित्तीय र मानवीय स्रोत यही लक्ष्यमा केन्द्रित छ । यो महत्त्वपूर्ण समयमा विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेको छ । हामी चीन सरकार र यूएनएफपिए प्रति आभारी छौँ ।”

स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग र सामग्री उपलब्ध हुँदा महिला र किशोरीको लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा सुरक्षित रूपमा प्रदान गर्न सहज हुने नेपालका लागि यूएनएफपिए प्रतिनिधि लुब्ना बाकिले बताएकी छिन् । उनले भनिन् “नेपालमा प्रगतिशील नीतिगत वातावरणको बाबजुद रोकथाम गर्न सकिने मातृ मृत्यु र लैङ्गिक हिंसाको अवस्था अन्य देशको तुलनामा निकै उच्च रहेको छ । चीन सरकारबाट प्राप्त यस किसिमको सहयोग अत्यन्तै सराहनीय छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ महामारी सामना गर्न जारी राखेको प्रयास प्रशंसनीय रहेको छ”

यस अघि पनि नेपाल, चीन र यूएनएफपिए बिचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत एक हजार दुई सय थान पिपिई र तीन हजार ६ सय थान स्यानिटाइजर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो ।