चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्।
आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफुलाई पदको लोभ नभएको तर प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’
उनले आफूले प्रधानमन्त्री पद नमागेको पनि बताए। प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ।
उनले प्रधानमन्त्रीका लागि मरिमेट्न नहुने तर काँधमा जिम्मेवारी आए लिनुपर्ने पनि बताए ।







