अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार


१९ फाल्गुन २०७७, बुधबार


बग्दाद । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ ।

इराकमा सक्रिय इस्लामिक स्टेट समूहविरुद्धको कारबाहीमा इराकी सेनालाई सघाउन अमेरिकी नेतृत्वमा अइन अल–असद सैन्य अखडामा अमेरिकी र इराकी सेना रहेका छन् ।

अमेरिकी सेनाका प्रवक्ता कर्णेल वाइने मारोटोले बिहान ७।२० बजे सैन्य शिविरलाई लक्षित गरी १० वटा क्षेप्यास्त्र प्रहार भएको पुष्टी गरे ।

इराकी सुरक्षा स्रोतले क्षेप्यास्त्रहरु इरानमा निर्मित अराश मोडेलका रहेको बताएको छ । यी क्षेप्यास्त्रहरु १२२ एमएम आर्टिलरी रकेट र केही भारी किसिमका रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस