काँग्रेस संसदीय दलको बैठक शुक्रवार बस्ने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

काँग्रेस संसदीय दलको बैठक शुक्रवार बस्ने


प्रशासन संवाददाता

१९ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको हो ।

बैठकमा फागुन २३ गते अपराह्न ४ बजे बस्ने पुनः स्थापित प्रतिनिधिसभा आह्वान गरिएको छ । उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरी टुङ्गो लगाउने नेपाली काँग्रेसका नेताहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस