२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीबीसी मास्टर सेफ उपविजेता साहलाई बोर्डको सम्मान

अ+ अ-

काठमाडौँ । नेपाली खानालाई विश्वभर प्रवर्द्धन गरी देशको गौरव बढाएको भन्दै नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता नेपाली सेफ सन्तोष साहलाई सम्मान गरेको छ । मंगलवार आयोजित कार्यक्रममा साहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरे ।

नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेका छन् । भारत हुँदै बेलायतमा सेफ पेसामा जमेका साहले नेपाली खानालाई विश्वभर प्रवर्द्धन गर्ने योजना सुनाए ।

साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै छन् । चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताए। खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उनले जानकारी दिए।

नेपाललाई कृषि प्रधान मुलुक भनेझैँ ‘टुरिज्म’ प्रधान मुलुकको रुपमा स्थापित गराउन आफ्नो क्षेत्रबाट सक्दो भूमिका खेल्ने साहले बताए । ‘हामीले आफ्नै खानालाई हेलचक्र्याइ गर्यौं, खानाको महत्व बुझ्न र बुझाउन सके नेपालको समृद्धिमा योगदान पुग्नेछ ।’ नेपालको सिराहाको करजन्हामा जन्मिएका साह हाल बेलायतमा बस्छन् ।

सो अवसरमा सचिव कोइरालाले मानिसको कर्मले व्यक्तिलाई महान बनाउने र त्यसको उदाहरण सेफ साह आम नेपालीको प्रेरणाको स्रोत भएको उल्लेख गरे । उनले भने, ‘मान्छेको कर्मले महान बनाउँछ, हरेक कामको महत्व हुन्छ, बाँच्नका लागि मात्र हैन मातृभूमिप्रतिको स्नेहलाई रोक्न सक्दैन, मातृभूमि कति महत्व हुन्छ भन्ने कुरा सेफ साहको भावना र लगावले चरितार्थ गर्छ ।’

सचिव कोइरालाले नेपाली खानाको विश्वव्यापीकरणका लागि विशेष ब्राण्ड बनाएर प्रवर्द्धनलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए। प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाललाई ‘ग्यास्ट्रोनोमी टुरिज्म डेस्टिनेशन’ को रुपमा विकास गर्न सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याए।

होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले नेपाली खानालाई विश्वभर प्रवर्द्धन गरी नेपालको शान र पहिचानलाई बढाएकामा सेफ साहलाई धन्यवाद ज्ञापन गरिन् । पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले पर्यटन बोर्डले नेपालमा भएका करीब दुई सय खानाको छनोटबाट केही खानालाई ‘सिग्नेचर डिस’का रुपमा अगाडि ल्याउने काम गरेको बताउँदै सन्तोष साहको कामले यस अभियानलाई थप बल पुग्ने बताए ।