२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत उल्लेख्यरुपमा घटेको छ । पछिल्ला केही दिनमा मात्रै लगानीकर्ताले झण्डै रु दुई खर्ब ५० अर्ब बढी गुमाएका छन् । नेप्सेमा आज पनि ठूलो अङ्कको गिरावट देखिएको छ । गिरावटपछि बजार पूँजीकरणसमेत खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोवारपछि बजार पूँजीकरण रु ३३ खर्ब ८२ अर्ब ८६ करोड ९९ लाख २० हजार बराबर पुगेको छ । नेप्सेमा आज ५९.७० बिन्दुले घटेर दुई हजार ४५५.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८० बिन्दुले घटेर ४४३.९५ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर रु छ अर्ब ११ करोड ९६ ३८ करोड ६६९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २७८.४९ र होटल तथा पर्यटन १६.८६ बिन्दुले बढ्दा बैंकिङ ४५.५५, विकास बैंक ६०.६५, जलविद्युत् ४०.९९, वित्त २२.८५, निर्जीवन बीमा ३४३.५७, उत्पादन १५०.४८, अन्य ४३.२३, लघुवित्त ११२.०८, जीवन बीमा ५१९.६७, सामूहिक लगानी कोष ०.२१ र लगानी १.९१ ले ओरालो लागेको छ ।

कारोवारका आधारमा एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड २६ लाख ९४ हजार १७६ बराबरको कारोवार भयो । नेपाल पूर्वाधार बैंक रु २५ करोड ८० लाख ७१ हजार २९५, नेपाल बैंक रु २२ करोड ६९ लाख २६ हजार १६२, शिखर इन्स्योरेन्स रु २१ करोड ६९ लाख २२ हजार ७२७, कुमारी बैंक रु २० करोड ४८ लाख ६७ हजार १४६, नेपाल लाइफ इन्स्योरेन्स रु २० करोड २३ लाख ६६ हजार १८०, एनआइसी एशिया बैंक रु १७ करोड ७९ लाख ३५ हजार ६६४, नबिल बैंक रु १७ करोड पाँच लाख नौ हजार ३०६, हिमालयन डिस्टिलरी रु १६ करोड ५९ लाख ७४ हजार ६४४ र ग्लोबल आइएमई बैंक रु १५ करोड ९० लाख ७१ हजार १२२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोवारका आधारमा साल्ट ट्रडिङका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाउँदा चन्द्रागिरि हिल्स ९.८९, हिमालयन पावर पार्टर ८.८९, एचआइडिसिएल २.१७, नेपाल इन्भेस्टमेन्ट डिवेञ्चर १.९५, गुडबिल फाइनान्स १.९३ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले ०.४१ प्रतिशतले कमाएका छन् ।

यस्तै, नेपाल हाइड्रो डेभलपमर ७.३१, कर्पोरेट डेभलपमेन्ट बैंक ६.८२, सिनर्जी पावर ६.४४, साधाना लघुवित्त ५.९३, गुह्येश्वरी मर्चेन्ट ५.८३, लक्ष्मी इक्विटी फण्ड ५.७२, मिर्मिरे माइक्रो फाइनान्स ५.६३, सूर्योदय लघुवित्तका लगानीकर्ताले ५.५८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस