२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग माग

अ+ अ-

फुङ्लिङ । नेकपा दाहाल-नेपाल समूहका प्रेस सङ्गठन इञ्चार्ज योगेशकुमार भट्टराईले आगलागीबाट विस्थापित परिवारलाई दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन माग गरेका छन् ।

पूर्वमन्त्री भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बुधबार ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा आगलागी भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’ स्थानीय प्रशासनको प्रारम्भिक विवरणअनुसार आगलागीबाट ४७ वटा घर जलेर नष्ट हुँदा ७९ परिवार विस्थापित भएका छन् । अधिकांश घरमा पसल रहेकाले पसलका सम्पूर्ण मालसमान जलेर नष्ट भएका छन् । घरमा मानिसको आवास पनि रहेकाले घरायसी सामान पनि पूरै क्षति भएको छ ।

आगलागी हुन साथ त्यसलाई नियन्त्रणमा लिन स्थानीय जनसमुदाय तथा सुरक्षाकर्मीले गरेको प्रयत्नका बाबजुत साँघुरो बजार, खुला ठाउँको अभाव तथा दमकललगायत साधन अभावका कारण ठूलो मात्रामा क्षति हुन पुगेको छ । आगलागीलाई नियन्त्रणमा लिन प्रयत्न गर्ने स्थानीय जनसमुदाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारी, दमकल चालक, स्वयंसेवकलगायत सबैमा भट्टराईले धन्यवाद व्यक्त गरेका छन् ।

भट्टराईले विज्ञप्तिमा भनेका छन्, ‘आगलागीका कारण आवासविहीन भएका स्थानीयलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गर्दछु ।’ पीडितप्रति सहानुभूति प्रकट गर्दै आवश्यक राहत तथा पुनः स्थापनाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने भट्टराई प्रतिबद्धता गरेका छन्।