बिप्लब समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बिप्लब समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन


१८ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । सरकारले विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्यसहितको वार्ता टोली गठन भएको हो ।

विप्लब समूहले केही दिनअघि विज्ञप्ति मार्फत आफूहरु सरकारसँग वार्ता गर्न तयार रहेको जानकारी गराएको थियो ।

सरकारी अधिकारीहरुले पनि अनौपचारिक रुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । करीब डेढ वर्षअघि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस