एक हजार ७०० ले घट्यो पहेँलो धातुको मूल्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक हजार ७०० ले घट्यो पहेँलो धातुको मूल्य


१८ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन रु एक हजार ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा रु ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापावाल सुन तोलामा रु ८८ हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा रु ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा रु ८८ हजार २५० मा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा रु ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस