बाबुराम भट्टराई आज स्वदेश फर्किँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाबुराम भट्टराई आज स्वदेश फर्किँदै


१८ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् ।

न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली गएका भट्टराईको बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको निष्कर्ष निष्केको पछि आज उनी स्वदेश फर्किन लागेका हुन् ।

डा. भट्टराई आज नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्कने छन् ।

चिकित्सकहरूले क्यान्सर नभए पनि ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका छन् । दुई–तीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने छ । तत्कालै शल्यक्रिया नभए क्यान्सर हुनसक्ने खतरा रहेको चिकित्सकको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस