आर्थिक प्रलोभनमा पारी यसरी हुन्छ गाँजा तस्कर, चार केजी गाँजासहित दुई पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आर्थिक प्रलोभनमा पारी यसरी हुन्छ गाँजा तस्कर, चार केजी गाँजासहित दुई पक्राउ


१८ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । चार केजी गाँजसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पर्साको पर्सागढी नगरपालिका–९ बाट मकवानपुर राक्सिङ गाउँपालिका–८ बस्ने १८ वर्षीय सुकराम तामाङ र साही ठाउँकी १९ वर्षीया अस्मिता तामाङ पक्राउ परेका हुन् ।

प्रहरले शङ्कास्पद हिँडिरहेका सुकराम र अस्मिताको शरीर खान तलासी गर्दा दुवै जनाले शरीरमा दुई दुई केजी गाँजा प्लास्टिकले बेरेको अवस्थामा फेला पारेको हो । चार केजी गाँजासहित दुवै जनालाई लागू औषध सम्बन्धी कसुर अन्तर्गत नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

अस्मिता र सुकरामलाई आर्थिक प्रलोभनमा पारी मकवानपुरबाट पर्सागढी गाँजा ल्याउन लगाउने व्यक्तिको पहिचान भइसकेकोले उक्त व्यक्तिको खोजी कार्य भइरहेको प्रवक्ता खनालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस