स्रोत नखुलेका तीन लाख नगदसहित एक भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्रोत नखुलेका तीन लाख नगदसहित एक भारतीय नागरिक पक्राउ


१८ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट तीन लाख १२ हजार नेपाली र पाँच हजार दुई सय भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट भारतीय नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेका भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना सुगौली बस्ने २५ वर्षीय सोनु साहलाई स्रोत नखुलेको उक्त नेपाली र भारतीय रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

साहलाई बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा पर्सा जिल्ला अदालतको आदेशले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक आमप्रकाश खनालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस