गुल्मीमा बोरामा राखेर फालेको अवस्थामा युवतीको शव फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुल्मीमा बोरामा राखेर फालेको अवस्थामा युवतीको शव फेला


१७ फाल्गुन २०७७, सोमबार


गुल्मी । गुल्मीमा बोरामा राखेर फालेको अवस्थामा शव फेला परेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान बोराभित्र राखेर स्याउला र ढुङ्गाले छोपेको अवस्थामा एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

उक्त शव कस्को भनी पहिचान भइनसकेको उनले बताएका छन् । सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुनसक्ने प्रहरीको अनुमान छ । सम्झनाको माइती पक्ष घटनास्थलमा अझै नपुगेकोले शव पहिचान हुन सकेको छैन् ।

स्थानीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको डीएसपी पाण्डेले बताएका छन् । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस