पहेँलो धातुको मूूल्यमा आज ४०० ले वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहेँलो धातुको मूूल्यमा आज ४०० ले वृद्धि


१७ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ । प्रतितोला रु ८८ हजार ३०० मा आइतबार कारोवार भएकोे छापावाला सुन आज भने रु ८८ हजार ७०० मूल्य कायम भएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ८७ हजार ८५० हजारमा कारोवार भएकामा आजका लागि ८८ हजार २५० कायम भएको महासङ्घले जनाएको छ । तोलामा रु एक हजार ३२५ मा आइतवार कारोवार भएको चाँदी आजका लागि भने पाँचले वृद्धि भई एक हजार ३५० मूल्य निर्धारण भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस