अदालतको अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च पुगे प्रचण्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अदालतको अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च पुगे प्रचण्ड


१६ फाल्गुन २०७७, आइतबार


काठामाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै दायर भएको रिटमा लिखित जवाफ पेश गर्न अदालतले आदेश दिएपछि प्रचण्ड जवाफ पेश गर्न सर्वोच्च पुगेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैँ लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो ।

काठमाडौँको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्‍याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस