बालविवाहको आरोपमा बेहुला र उनका बुबा पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बालविवाहको आरोपमा बेहुला र उनका बुबा पक्राउ


१५ फाल्गुन २०७७, शनिबार


पर्सा । बालविवाह गराएको आरोपमा बेहुला र उनका बुवा पक्राउ परेका छन् । पर्साको वीगञ्ज महानगरपालिका –१६ की १७ वर्षीय बालिकालाई बाल विवाह गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय छोरा र ४६ वर्षीय बुवा पक्राउ परेका हुन् ।

बाल विवाह कसूरमा पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको मया थप गरी अनुसन्धान अघि बढाइएको सूचना अधिकारी ओम प्रकाश खनालले जानकारी दिएका छन् ।

साथै यस्ता घटना भएकोमा अथवा हुन लागेको थाहा पाएमा तत्कालै प्रहरीमा खबर गरी सूचना उपलब्ध गराउनसमेत प्रहरीले अनुरोध गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार विवाह गर्ने उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः बदर हुने र कसुर प्रमाणित भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिमाना हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस