विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपालसहित तीन देश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपालसहित तीन देश


१५ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । नेपाल सहित तीन देश विकासशील मुलुकमा स्तरोन्नति हुने भएका छन् । संयुक्त राष्ट्रसङ्घ विकास नीतिसम्बन्धी समितिले नेपाल, लाओस र बङ्गलादेशलाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस गरेको हो ।

संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार समितिबाट भएको सिफारिसलाई संयुक्तराष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषदबाट स्वीकृत हुनुपर्छ । स्तरोन्नति हुन कम्तीमा पनि तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नुपर्छ । अहिले स्तरोन्नतिका लागि सिफारिस भएका देशले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नुपर्ने सुविधासमेत दिइएको छ ।

स्तरोन्नतिका मुख्य मापदण्ड प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्क हुन् । यी मध्ये नेपालले दुई सूचकाङ्कका तोकिएको मापदण्ड पार गरिसकेको छ । सन् २०२२ मा स्तरोन्नति भएमा पनि नेपालले अल्पविकसित मुलुकले पाइरहेको सुविधा भने सन् २०२६ सम्म नै पाउने नेपाली नियोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस