म लङ्गडो ! « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

म लङ्गडो !


१५ फाल्गुन २०७७, शनिबार


बहुमतको दुई खुट्टा हुनाले,
एउटा मात्र खुट्टो भएकै कारण,
मलाई लङ्गडो (खोरण्डो) भनियो,
बजारका अनेकौँ पसल चहारेँ,
शहरका अनेकौँ फ्याक्ट्री चहारेँ,
बहुमतको दुई खुट्टा हुनाले,
मैले पनि दुईवटै जुत्ता किन्न पर्‍यो ।
बहुमतले दिलाईदिएको,
मेरो देब्रे जुत्ताले,
घरको ठुलो कोठा ओगटेको छ ।

फेरि पनि भन्छौ,
बहुमतको कदर गर्नुपर्छ,
मलाई यो पनि भनिदेऊ ?
म बायाँ जुत्ता के गरौँ ?
वा मलाई साथी खोजिदेऊ,
जसको पनि दायाँ खुट्टा नहोस् ।

एउटा खुट्टा मात्रै पस्ने,
सुरुवाल बजारमा छैन
एउटा मात्र चप्पल किन्न
साहुजी दिँदैनन्
ए सरकार !
तिमीले सङ्ख्यामा दिलाईदिएको
समावेशितालाई म के भनौँ
म निरक्षरको ठुलो लगानी
बायाँ जुत्ता र बायाँ चप्पल
किन्दामा डुबेको छ,

ए सरकार !
मलाई यो पनि भनिदेऊ ?
समावेशिताले मलाई
दायाँ जुत्ता मात्र दिलाउँछ
वा म आफैँ फ्याक्ट्री खोलौँ

बहुमतको दुई खुट्टा हुनाले
छरछिमेकी बच्चाहरू
बायाँ मोजाको झुम्रे गोल,
खेलिरेका छन्
तिमी के चाहन्छौ ?
ए सरकार !
यो क्रम चलिरहोस्
वा
म दायाँ मोजामात्र
बजारमा किन्न पाउँछु ?

Tags :
प्रतिक्रिया दिनुहोस