प्रधानमन्त्री ओली र बामदेव गौतमबीच बालुवाटारमा भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली र बामदेव गौतमबीच बालुवाटारमा भेटवार्ता


१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेता बामदेव गौतमले भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् ।

दिउँसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा छलफल गरेका छन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नेता गौतम प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन्।

यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए। बिहीबारमात्रै वामदेवले नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले विदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव गरेका थिए।

गत पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक रूपमा दुई समूहमा बाँडिएको नेकपामा उपाध्यक्ष वामदेव कुनै समूहमा लागेका थिएनन्।

Tags :
प्रतिक्रिया दिनुहोस