२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पद्मपब्लिक मुक्तिनारायण माविको छात्रावास भवन बन्ने

अ+ अ-

डोटी । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्मपब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको चारकोठे छात्रावास भवन बन्ने भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको रु ४० लाख बजेटमा छात्रावास भवन बन्न लागेको हो ।
सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले भवन शिलान्यास गर्दै सुदूरपश्चिम क्षेत्रको सामाजिक, धार्मिकलगायत विकासका लागि प्रदेश सरकार अग्रसर रहेको बताए ।

छात्रावास नहुँदा विद्यार्थीलाई समस्या भएपछि सुदूरपश्चिम सरकारले छात्रावासका लागि बजेट विनियोजन गरेको विद्यालयका प्राचार्य गीता जोशीले बताए । सो भवनमा दुईदुई कोठाका दुई पक्की शौचालयसमेत निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज जोशीले जानकारी दिए । बिहीबार शिलान्यास गरिएको भवन निर्माण आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

विसं २०४० स्थापित महिला छात्रावासमा २० छात्रा राख्ने गरिएको छ जहाँ सेती अञ्चलका पहाडी जिल्ला डोटी, बझाङ, बाजुरा र अछामका पाँचपाँच छात्रा निःशुल्क रुपमा बस्दै आएका छन् । छात्रावासमा विगत वर्षमा कक्षा ६ देखि १० सम्मका छात्रालाई राखिन्थ्यो । पछिल्लो समय कक्षा ९ र १० का छात्रालाई पनि राख्ने गरिएकामा हाल कक्षा ९ देखि १२ का माध्यमिक तहका छात्रालाई राख्ने गरिएको जिल्लाको पुरानो विद्यालयले जनाएको छ ।