पद्मपब्लिक मुक्तिनारायण माविको छात्रावास भवन बन्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पद्मपब्लिक मुक्तिनारायण माविको छात्रावास भवन बन्ने


१४ फाल्गुन २०७७, शुक्रबार


डोटी । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्मपब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको चारकोठे छात्रावास भवन बन्ने भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको रु ४० लाख बजेटमा छात्रावास भवन बन्न लागेको हो ।
सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले भवन शिलान्यास गर्दै सुदूरपश्चिम क्षेत्रको सामाजिक, धार्मिकलगायत विकासका लागि प्रदेश सरकार अग्रसर रहेको बताए ।

छात्रावास नहुँदा विद्यार्थीलाई समस्या भएपछि सुदूरपश्चिम सरकारले छात्रावासका लागि बजेट विनियोजन गरेको विद्यालयका प्राचार्य गीता जोशीले बताए । सो भवनमा दुईदुई कोठाका दुई पक्की शौचालयसमेत निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज जोशीले जानकारी दिए । बिहीबार शिलान्यास गरिएको भवन निर्माण आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

विसं २०४० स्थापित महिला छात्रावासमा २० छात्रा राख्ने गरिएको छ जहाँ सेती अञ्चलका पहाडी जिल्ला डोटी, बझाङ, बाजुरा र अछामका पाँचपाँच छात्रा निःशुल्क रुपमा बस्दै आएका छन् । छात्रावासमा विगत वर्षमा कक्षा ६ देखि १० सम्मका छात्रालाई राखिन्थ्यो । पछिल्लो समय कक्षा ९ र १० का छात्रालाई पनि राख्ने गरिएकामा हाल कक्षा ९ देखि १२ का माध्यमिक तहका छात्रालाई राख्ने गरिएको जिल्लाको पुरानो विद्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस