नेकपा विवाद नटुंगिएसम्म सत्ता सहकार्य नगर्ने कांग्रेसको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा विवाद नटुंगिएसम्म सत्ता सहकार्य नगर्ने कांग्रेसको निर्णय


१३ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले भावी सरकारको बारेमा अहिले कुनै पनि धारणा नबनाउने निष्कर्ष निकालेको हो । बैठकपछि नेता कृष्णप्रसाद सिटौलाले भने,’कांग्रेसले हतार गरेर निर्णय गर्नु काम छैन । संसद् पुनस्स्थापनापछि नेकपा एक छ । उनीहरुको विवाद कसरी टुंगिन्छ । त्यसपछि हाम्रो भूमिका क्लियर गर्छौं ।’

जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका छन् । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएको उनले बताए ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि नयाँ सत्ता समीकरण बनाउने खेल सुरु हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस