संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वारा शपथ ग्रहण « प्रशासन
prasaLogo
१३ फाल्गुन २०७७, बिहीबार

संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वारा शपथ ग्रहण


प्रकाशित मिति : 25 February, 2021 4:00 pm

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस