महिला लघुवित्तको आईपीओ शुक्रवार बाँडफाँड हुने, ६३ प्रतिशतको हात खालि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महिला लघुवित्तको आईपीओ शुक्रवार बाँडफाँड हुने, ६३ प्रतिशतको हात खालि


प्रशासन संवाददाता

१३ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि (शुक्रबार) बाँडफाँड हुने भएको छ । संस्थाद्वारा जारी गरिएको ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको छ ।

गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरको ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो । कुल ४ लाख कित्तामध्येबाट ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको यस संस्थाले बाँकी ३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि जारी गरेको थियो । जसमा माग गरेभन्दा झन्डै ६३ प्रतिशतले नै बढी माग आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा झण्डैँ ६३ गुणाले नै बढी हो ।

आईपीओ बाँडफाँड गोलाप्रथाबाट माग र आवेदकको संख्याका आधारमा हुने भएकाले ६३ प्रतिशत बढी आवेदकको हात खालि हुने देखिन्छ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने १४ लाख ८९ हजार भन्दा बढि आवेदकहरुको हात खाली हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस