२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट कार्य गर्ने दुई प्रहरी कर्मचारीको पदोन्नति, पाँच पुरस्कृत

अ+ अ-

काठमाडौँ । आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गर्ने दुई जना प्रहरी कर्मचारीलाई एक तह पदोन्नति गरिएको छ । उत्कृष्ट कार्य गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक पदम बहादुर थापा प्रहरी नायव निरीक्षकमा र इलाका प्रहरी कार्यालय राजापुर बर्दिया दरबन्दीका प्रहरी जवान नर बहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका हुन् ।

उनीहरूलाई कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, (संशोधन सहित)परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एक तह माथिल्लो पदमा पदोन्नति गरिएको हो । उनीहरूमध्ये प्रहरी नायव निरीक्षक पदमले बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीस्थित १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको घटना, प्रहरी सहायक निरीक्षक गोविन्द विक तथा प्रहरी जवान रामबहादुर साउदलाई तस्करहरूको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुरकी ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न अहम् भूमिका निर्वाह गरेका थिए ।

साथै प्रहरी हवल्दार नर बहादुरले उपरोक्त तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणीपछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रूपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै अन्य ५ जना प्रहरी कर्मचारीहरू नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् ।

भट्टको जबरजस्ती करणीपछि हत्या भएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल ५ जना प्रहरी कर्मचारी नगद पुरस्कारद्वारा पुरस्कृत भएका हुन् । नगद पुरस्कारद्वारा पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो दरवन्दीका पञ्च कुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका अशोक बहादुर कुँवर रहेका छन् ।

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरूको कार्य सम्पादन स्तरमासमेत सकारात्मक प्रभाव परेको छ । प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा गनिने गरी उनीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको हो ।